arin enterprises

महिलाहरुको क्षमता अभिबृद्धिले उत्साहित स्थानीय तह

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ १६, शनिबार

ललितपुर महानगरपालिका २० वडाको आयोजनामा भएको १५ दिने उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ ।

वडाले समापन कार्यक्रमको आयोजना गर्दै सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष चन्द्रलाल महर्जनले सहभागी महिलाहरुमा १५ दिनको अवधिमा देखिएको क्षमता अभिबृद्धिले आफू निकै उत्साहित भएको बताए ।

प्रशिक्षणमा सहभागी गृहिणी, विभिन्न क्षेत्रमा कार्यरतदेखि ज्येष्ठ नागरिक समेत गरी २५ जना महिला प्रशिक्षार्थीहरुलाई वरिष्ठ संचारकर्मी सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक बज्राचार्यले अब अवसर उपयोग गर्दै ब्यक्तित्व निर्माणका लागि तत्पर रहन आग्रह गरे ।

प्रशिक्षार्थीहरुबाट श्रृजना शर्मा, रविना महर्जन, पुण्यश्वरी जति महर्जन, अमिता सिं, बेखामाया महर्जन, अनिता महर्जनले प्रशिक्षण लिंदाको अनुभव र आएको परिवर्तनबारे मन्तब्य राखेका थिए ।

प्रशिक्षणको संयोजक संस्था पूर्णचण्डी मिसा पुचःकी अध्यक्ष सुशिला महर्जनले वडाको साथप्रति कृतज्ञता ज्ञापन गर्दै प्रशिक्षणबाट मिसा पुचःको कार्यसमिति तथा सदस्यहरुमा आएको परिवर्तनले आफ्नो आत्मविश्वास अभिबृद्धि भएको बताइन् ।

Categorized in समाज