arin enterprises

मार्सेलोले रियल म्याड्रिड छाड्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १५, आइतबार

स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर मार्सेलोले क्लब छाड्ने भएका छन् ।

गएराति रियलले १४ औँ पटक च्याम्पियन्स लिग उपाधि जितेलगत्तै टोलीका कप्तानसमेत रहेका ब्राजिलियन डिफेन्डर मार्सेलोले उक्त घोषणा गरेका हुन् ।

उनी रियलका लागि सर्वाधिक उपाधि जित्ने खेलाडी हुन् ।

सन् २००७ मा रियल म्याड्रिडमा आएका ३४ बर्षीय मार्सेलोले ५ पटक युरोपियन च्याम्पियन्स लिग, ६ पटक ला लिगा, ४ पटक फिफा क्लब विश्वकप, ३ पटक युरोपियन सुपर कप, ५ पटक स्पेनिस सुपर कप र २ पटक कोपा डेल रेको उपाधि गरि कुल २५ वटा उपाधि जितेका छन् ।

Categorized in स्पाेर्ट्स