arin enterprises

मेलम्चीको पानी सुरुङमा पठायो, वैशाखदेखि वितरण हुने

SamacharDesk | २०७८ चैत्र २९, मंगलबार

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची अम्बाथानमा पानी पथान्तरनको उद्घाटन गरेपश्चात पानी सुरुङमा पठाएको हो ।

सो अवसरमा मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानको प्रयासमा सरकार लागेको बताउनुभएको छ । 

गत असार १ र साउन १७ गतै आएको लेदोसहितको बाढीले आयोजनालाई ठूलो क्षति पु¥याएको थियो । सुरुङमा पठाएको पानी सुन्दरी जलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधित गरेपछि वैशाखको पहिलो साताबाट उपत्यकामा वितरण गर्ने मेलम्ची खानेपानी विकास समितिको तयारी छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पदमहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाएको जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाइएको हो।

Categorized in राष्ट्रिय