मेस्सी इन्टर मियामीमा अनुबन्धित हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २५, बिहिबार

अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने भएको छ ।
बार्सिलोना फर्कने चर्चा र साउदी अरेबियन लिग क्लब जाने चर्चाको बाबजुत मेस्सीले मियामी जाने निर्णय गरेका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड मेस्सीले मियामीसँग सहमति पनि गरिसकेका छन् । मियामी इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब हो ।
३५ बर्षिय मेस्सीले आफु बार्सिलोना फर्कन चाहेको तर फाइनान्सियल फेयर प्लेको कारण सम्भव नभएको बताएका छन् ।
मेस्सीले २०२१ मा फाइनान्सियल फेयर प्लेको कारणले नोउ क्याम्प छोडेका थिए ।
अर्जेन्टिनाका कप्तान मेस्सीले दुई सिजन पीएसजीमा बसेर यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् ।
मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) लिग खेलिरहेको छ । मेस्सीको यो युरोप बाहिरको पहिलो क्लब हो ।
Categorized in स्पाेर्ट्स