काठमाडौंमा लाखौंको धनमाल चोरी
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २३, सोमबार

काठमाडौंको घण्टाघरस्थित एक सहकारी संस्थाबाट लाखौंको धनमाल चोरी भएको छ ।
गए राति घण्टाघर छेउमा रहेको जोर्बा वचत तथा ऋण सहाकरी संस्था लिमिटेडबाट लाखौंको धनमाल चोरी भएको हो ।
उक्त सहकारी संस्थाबाट नगद २ लाख ४८ हजार रूपैयाँको साथमा अमेरिकी डलर २ हजार, ल्यापटप १ थान चोरी भएको हो ।
साथै सोही ठाउँस्थित बिल्डिङ डिजाईनिङ अथोरेटीको अफिसबाट नगद ४ लाख ६५ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान पनि गएराति नै चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरु हाल फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध