कामपा १७ मा काँग्रेसबाट नवीन निर्वाचित
SamacharDesk – बिराज | २०७९ जेठ १२, बिहिबार

काठमाडौं महानगरपालिका वडा नम्बर १७ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले विजय हासिल गरेको छ ।
वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार नवीन मानन्धर विजयी भएका छन् । दुई हजार ७०८ मत पाउँदै मानन्धर कामपा वडा १७ को वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस वडामा मानन्धर नै निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार मचाराजा महर्जनले एक हजार ४३१ मत प्राप्त गरे ।
वडा सदस्यद्वयमा जितेन्द्र खड्गी र शम्भु पोडे निर्वाचित भएका छन् । खड्गीले दुई हजार १९८ मत प्राप्त गर्दा पोडे एक हजार ८५६ मत पाउँदै निर्वाचित भएका हुन् ।
महिला सदस्यमा दुई हजार १३० मत प्राप्त गर्दै कमला महर्जन निर्वाचित भइन् । कविता दास दुई हजार ३०७ मतसहित दलित महिला सदस्यमा निर्वाचित भइन् ।
Categorized in स्थानीय