ललितपुर महानगरपालिका २०मा काँग्रेस विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ८, आइतबार

ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २०मा नेपाली काँग्रेसको पुरै प्यानले जित हासिल गरेको छ । लमपा वडा नं २०को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको उम्मेदवार चन्द्रलाल महर्जन विजयी भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका धनबहादुर महर्जनलाई १३२ मतान्तरले पछि पार्दै महर्जन वडाध्यक्षमा निर्वाचित भएका हुन् । महर्जनले एक हजार ३१५ मत पाएका थिए ।
खुल्ला वडा सदस्यमा अमर डंगोल (महर्जन) र शैलेन्द्र शाक्य विजयी भएका छन् । महर्जनले एक हजार १८ मत पाउँदा शाक्यले एक हजार ७५ मत पाए ।
महिला सदस्यमा जितेकी गीता महर्जनले एक हजार ३२६ पाइन् ।
एक हजार २९४ मत ल्याउँदै मंगलदेवी नेपाली दलित महिला सदस्य पदमा निर्वाचित भइन् ।
Categorized in स्थानीय