भागदौड मच्चिंदा ३१ को मृत्यु
SamacharDesk | २०७९ जेठ १५, आइतबार

नाइजेरियाको एउटा चर्चमा भएको परोपकारी कार्यक्रममा भागदौड मच्चिंदा ३१ जनाको मृत्यु भएको छ ।
नाइजेयरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्टोहार्टकोर्ट चर्चमा कार्यक्रमका बीच खाना खानका लागि एउटा गेट तोडेर जाने क्रममा भागदौड मच्चिएको हो । सो चर्चमा खाना खाने ब्यबस्था गरिएको स्थलमा एउटै गेट भएका कारण भागदौड मच्चिएको थियो ।
सो चर्चमा हुने कार्यक्रमका लागि दुइ दिनअघि देखि मानिसको लाइन लागेको थियो । शपफरफ्री नाम दिइएको यो कार्यक्रम नाइजेरियाम बर्षेनी आयोजना गर्ने गरिएको छ ।
घटनामा थुप्रै घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएका कारण मृतकको संंख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय