arin enterprises

बेल्जियम सेमिफाइनलमा, गोलरक्षक कोर्टस बने हिरो

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २३, शनिबार

रसियामा जारी विश्वकप फुटबलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाईस्तब्ध पार्दै बेल्जियम सेमिफाइनल प्रवेश गरेको छ ।

कजान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक साथै रोमान्चक खेलमा ब्राजिललाई २–१ ले स्तब्ध पार्दै बेल्जियमले सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

बेल्जियमले अग्रता भने ब्राजिलको आत्मघाती गोलबाट लिएको थियो । खेलको १३औं मिनेटमा कर्नर प्रहारमा भिन्सेन्ट कम्पोनीको हेड बल ब्राजिलका फर्नान्डिनोको कुममा लागेर आत्मघाती गोल भएको थियो ।

त्यसैगरी ३१औं मिनेटमा केभिन डे ब्रुइनाले बेल्जियमलाई दोश्रो गोल दिए । लुकाकुको पासमा उनले डि एरिया बाहिरबाट हानेको बलले सिधै जाली चुम्यो ।

खेलको ७६औं मिनेटमा ब्राजिलका रेनाटो अगुस्टोले गोल गरेपनि टिमलाई हारबाट बचाउन भने सकेनन् ।

बेल्जियमको जितमा गोलरक्षक कोर्टसको महत्वपूर्ण योगदान दिए ।

ब्राजिलले गोलका थुप्रै प्रयास गरेपनि सफल हुनसकेन । कोर्टसले ब्राजिलको २७ वटा प्रहारलाई असफल बनाएका थिए ।

अब बेल्जियमले सेमिफाइनलमा ९८ का विश्वकप विजेता फ्रान्ससँग खेल्नेछ । शुक्रबारै सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा उरुग्वेलाई हराउँदै फ्रान्स पनि सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनल खेलमा भने डिफेन्डर टमस मुनियरले खेल्न पाउन छैनन् । उनले ब्राजिलसँगको खेलमा दोश्रो पहेंलो कार्ड पाएका कारण अर्को खेल खेल्न नपाएका हुन् ।

Categorized in स्पाेर्ट्स