arin enterprises

उपत्यकामा ३ हजार ८२५ नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७८ बैशाख २२, बुधबार

पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४४ दशमलव ४५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।

पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ३ हजार ८२५ जना संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौं २ हजार ८४९ जना रहेका छन् भने ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जना छन् ।

ललितपुरसमेत गरी दुइ जिल्लामा पाँच सय बढि नयाँ संक्रमित भेटिएका छन् । ४ सय बढि संक्रमित भक्तपुरमा मात्रै भेटिएको छ भने २ सय बढि संक्रमित ५ वटा जिल्लामा र ९ वटा जिल्लामा सय बढि संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा हाल ३० हजार १५५ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार १२० जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् । १९० जना आइसीयूमा छन् भने तीमध्ये ६३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

काठमाडौंमा २२ हजार ८०८ सक्रिय संक्रमित छन् भने ललितपुरमा ४ हजार ६ सय र भक्तपुरमा २ हजार ७४७ सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकामा हालसम्म एक लाख ५८ हजार १९ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये एक लाख ३६ हजार ६७० जना संक्रमणमुक्त भइसके भने एक हजार १९४ जना संक्रमितले भने कोभिड संक्रमणका कारण ज्यान गुमाइसके ।

 

Categorized in राष्ट्रिय