arin enterprises

किन घटार्ईदैछ परिक्षण संख्या

SamacharDesk – बिकाश | २०७८ जेठ १६, आइतबार

नेपालमा कोभिड १९ संक्रमितको पहिचानका लागि गरिने परिक्षण संख्या दिनहुँ घटाउँदै लगेको छ ।

दैनिक २० देखि २२ हजारको हाराहारीमा स्वाब नमूनाको परिक्षण हुँदै आएकोमा पछिल्ला दुई दिनमा निकै कम संख्यामा परिक्षण गरिएको पाइएको हो ।

हिजो मात्र १४ हजार ७५२ स्वाब नमूनाको परिक्षण भएकोमा आज यो संख्या झन घटेको छ । पछिल्लो २४ घण्टामा मात्र १२ हजार ७७० जनाको स्वाब नमूनाको परिक्षण भएको हो ।

१० हजार ९८६ जनाको आरटी पिसिआर र एक हजार ७८४ जनाको एन्टिजेन परिक्षण गरिएको हो ।

परिक्षण संख्या घटाइनुको कारण बुझ्न खोज्दा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट स्पष्ट जवाफ भने आउन सकेको छैन ।

संक्रमण निकै फैलिँदै गइरहेको अवस्थामा परिक्षण संख्या घटाईँदा संक्रमण झन फैलिन सक्ने भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता पोखिरहेका छन् । परिक्षण कम गरिँदा संक्रमितको पहिचान नहुने र यसले संक्रमण झन फैलिन खतरा बढेको जनस्वास्थ्यविद्हरुको भनाई रहेको छ ।

Categorized in राष्ट्रिय