उपत्यकामा ५ हजार बढि संक्रमित थप
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ८, शनिबार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ५ हजार ३०६ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो परिक्षणमा काठमाडौंमा ३७६२, ललितपुरमा एक हजार ११० र भक्तपुरमा ४३४ जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख ८७ हजार ३०१ पुगेको छ ।
यसै अवधिभित्र उपत्यकामा थप ३३५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । उपत्यकामा हालसम्म ३ लाख ३६ हजार ८७४ संक्रमित निको भइसकेका छन् ।
गएको २४ घण्टामा उपत्यकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेमा काठमाडौंमा ३ जना रहेका छन् । उपत्यकामा कोभिड संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ४०३ पुगेको छ ।
उपत्यकामा होम आइसोलेसनको साथै विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ४७ हजार २४ रहेको छ ।
विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये ७६ जना आइसीयूमा छन् भने २४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
Categorized in राष्ट्रिय