arin enterprises

दूधको मूल्यमा प्रति लिटर ९ रुपैयाँ बढ्यो

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

दुग्ध विकास संस्थानले शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रति लिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि मन्त्रालयको स्वीकृतिपछि संस्थानले मूल्य बढाएको हो ।

अब दूधको मूल्य लिटरमा ८५ रुपैयाँ पुगेको छ ।

मूल्य बृद्धिसंगै अब काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ ।

यस्तै बुटवल भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

यसअघि काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगन्ज क्षेत्रमा दूधको प्रतिलिटर मूल्य ७० रुपैयाँ थियो ।

लामो समयदेखि दूधको मूल्य नबढेको र किसानले पानीभन्दा कम मूल्यमा दूध बेच्नुपरेको गुनासो गरिरहेका थिए ।

Categorized in राष्ट्रिय