नश्ल सुधारका लागि अमेरिकाबाट साँढे ल्याइयो
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १६, सोमबार

कृषिलाई व्यावसायिकरण गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ ।
गाईको प्रजनन सुधार्न 'बीऊ'का लागि अमेरिकाबाट पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो । अमेरिकाको सिकागोबाट कतार एयरलाइन्सको कार्गो जहाजबाट दोहा ट्रान्जिट गराउँदै भारतको नयाँ दिल्लीसम्म ल्याइएको हो। त्यहाँबाट भने नेपाल एयरलाइन्सको वाइड बडी जहाज चढाएर काठमाडौं उतारिएको हो।
कृषि मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले साँढेहरु खरिद गरेको हो। विमानबाट नेपाल ल्याइएका पाँचवटा शत् प्रतिशत जर्सी हुन्। यस्तै, दुईवटा शत् प्रतिशत होलिस्टन रहेको आयोजनाका अनुगमन मूल्याङ्कन अधिकृत डा। केशव भट्टले जानकारी दिए।
अहिले ल्याइएका साँढेलाई राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखरामा पुर्याशइसकिएको छ। लामो यात्रा गरेका साँढेमा हुनसक्ने तनाव कम गराउने प्रयास पनि भइरहेको जनाएको छ। यस्तै, साँढेहरुलाई आइसोलेसनमा राखिएको छ।
विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत साँढे भित्र्याउने जिम्मा मेट ग्रुप नेपाललाई दिएको थियो। आयोजनाले मेट ग्रुपसँग एक करोड ३० लाख रुपैयाँमा खरिद सम्झौता गरेको हो । सुरुमा रु एक करोड ३० लाखमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर रु दुई करोड पुगेको उनको भनाइ छ । प्रति साँढे रु १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झण्डै रु २६ लाख पर्न गएको छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालयले अब कम दूध उत्पादन गर्ने गाईलाई यी गोरुको ुशुक्रकिटु प्रयोग गरी गर्भाधान गराइनेछ । यसो गर्दा गाईहरुमा नश्ल सुधार भइ दूध उत्पादन बढ्ने दावी गरिएको छ। अहिले ल्याइएको होलिस्टेन र जर्सीको प्रयोगले करिब सात पुस्तापछि शत प्रतिशत जर्सी र होलिस्टेन उत्पादन हुने आँकलन गरिएको छ। पहिलोपटक जर्सी र लोकल गाईको क्रस गराउँदा ५० प्रतिशत लोकल र ५० प्रतिशत होलिस्टेनरजर्सीको जिन बाच्छारबाच्छीमा सर्ने बताइएको छ।
यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलोपटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।
Categorized in राष्ट्रिय