arin enterprises

फेरि इन्धनको भाऊ बढ्यो

SamacharDesk | २०७८ फाल्गुण २०, शुक्रबार

इन्धनमा मूल्य वृद्धि गरेको महिना दिन नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा विहीबार राती १२ बजेबाट लागू गरी पाँच पाँच रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ । त्यसैगरी खान पकाउने ग्याँसमा भने मूल्य यथावत राखेको छ ।

वृद्धि भएको मूल्य अनुसार अब पेट्रोलको मूल्य १५० पुगेको छ घने डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ कायम भएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने निगमको विज्ञप्तिमा उल्लेख छ । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Categorized in राष्ट्रिय