नेपालमा शल्यक्रिया विना मुटुको भल्ब प्रत्यारोपण गर्न सफल
SamacharDesk | २०७८ फाल्गुण २१, शनिबार

शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
चिकित्सकका अनुसार टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।
८० वर्षीया महिलाको १६ फागुनमा सफलतापूर्वक भल्ब फेरिएको र उहाँको आजनै डिस्चार्ज गरेको डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालले दिएको जानकारी अनुसार शल्यक्रिया नगरीकनै ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन ९टिएभीआई०’ विधिको प्रयोग गरेर शल्यक्रिया गरीएको हो ।
डा अधिकारीका अनुसार मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्व साँघुरिने रोगलाई एओर्टिक स्टेनोसिस भनिन्छ । यो रोगले गर्दा खासगरी स्वाँस्वाँ हुने छाति दुख्ने र बेहोस हुनेजस्ता गम्भिर लक्षणहरु देखिने डा अधिकारी बताउनुहुन्छ ।
यस्ता लक्षणहरु देखिएका बिरामीहरुको दुई वर्षभित्र मुत्यु हुने सम्भावना ५० प्रतिशतले हुने विभिन्न अध्यानहरुले देखाएका छ। विशेषगरी वृद्धवृद्धामा यस रोगका साथसाथै अन्य प्रकारका जटिल रोगहरु र शारीरिक दुर्वलतासमेत हुने भएकोले छाती चिरेर शल्यक्रिया गर्दा बढि जोखिम हुने गर्दछ ।
यस्ता बिरामीहरुको जोखिम न्युकरण गर्नको निमित टिएभीको विकास भएको हो ।
यो रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भाल्व प्रात्यारोपण गरिन्छ ।
Categorized in राष्ट्रिय