arin enterprises

साउदी तथा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा

SamacharDesk | २०७८ फाल्गुण ३०, सोमबार

साउदी अरबका राजकुमार एवं विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै हुनुहुन्छ ।

राजकुमार फैजल दुई दिने भ्रमणका लागि आज अपरान्ह नेपाल आउनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा साउदी विदेशमन्त्री फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै परराष्ट्रमन्त्री  नारायण  खड्कासँग साउदी विदेशमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने र सहयोग आदान प्रदान सम्झौतमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ । जहाँ चार लाखभन्दा बढी नेपालीहरु श्रमका लागि गएका छन् ।

यसैबीच, चिनियाँ विदेशमन्त्री वाङ यि को नेपाल भ्रमणको मिति पनि तय भएको छ । परराष्ट्र स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङले चैत १२ र १३ गते नेपाल भ्रमण गर्नुहुने छ । भ्रमणका क्रममा बीआरआई सम्झौतालाई अगाडि बढाउने विषयमा छलफल केन्द्रीत हुने बुझिएको छ

Categorized in राष्ट्रिय