arin enterprises

भिल्लारियललाई हराउँदै लिभरपुल फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख २१, बुधबार

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सेमिफाइनलमा दोस्रो लेगमा भिल्लारियललाई समग्रमा ५–२ले  हराउँदै लिभरपुल फाइनल पुगेको हो ।

पहिलो लेगमा २–० को जित निकालेको लिभरपुलले दोस्रो लेगमा ३–२ गोलले विजय भयो  । गएराति भएको खेलमा दोस्रो लेगमा भिल्लारियलको घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै रोमाञ्चक जित निकाल्यो ।

घरेलु टोली भिल्लारियलको लागि डीयाले खेलको तेस्रो मिनेटमै गोल गर्दै अघि बढाए । ४१ औं मिनेटमा कोकिलिनले गोल गर्दै भिल्लारियललाई पहिलो हाफमै अग्रत दोब्बर बनाए ।

पहिलो हाफमा २ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

६२ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए । ६७ औं मिनेटमा लुइस डियाजको गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए।

खेलको अन्तिम ५ मिनेट अघि भिल्लारियलको कापोइले दोहोरो पहेँलो कार्ड पाएपछि घरेलु टोलि १० खेलाडिमा सिमित भयो ।

अब लिभरपुलले उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटीबिचको विजेतासँग खेल्नेछ।

Categorized in स्पाेर्ट्स