पुनरागमन जितसँगै रियल म्याड्रिड फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख २२, बिहिबार

स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर समग्रमा ६–५ गोलले हराउँदै रियल फाइनल पुगेको हो ।
पहिलो लेगमा ४–३ ले पराजित रियलले घरेलु मैदानमा भने ३–१ गोलको उत्कृष्ट पुनरागमन जित निकल्यो ।
खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै पाहुना टोलि सिटिले अग्रता लियो । तर, खेलको ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।
इन्जुरी समयको पहिलो मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । जसको कारण खेल समग्रमा ५–५ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको ९५ औं करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३–१ को जित दिलाउँदै रियललाई फाइनल पुर्राए ।
अब रियलले उपाधिका लागि लिभरपुलको सामना गर्नेछ ।
फाइनल खेल मे २९ मा हुनेछ ।
Categorized in स्पाेर्ट्स