इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख २९, बिहिबार

इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । रोमामा भएको खेलमा युभेन्ट्सलाई ४–२ ले हराउँदै इन्टरले उपाधि जितेको हो ।
बुधबार राति निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा खेल सकिएको थियो । अतिरिक्त समयमा अर्को दुई गोल थप्दै इन्टरले उपाधी आफ्नो पोल्टामा परेको हो ।
अतिरिक्त समयमा धकेलिएको खेलमा ९९औं मिनेटमा इभान पेरिसिसले पेनाल्टीमार्फट गोल गर्दै इन्टरलाई अघि बढाए ।
फेरी १०२ औं मिनेटमा पेरिसिसले नै व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै इन्टरको जित सुनिश्चित बनाए ।
यस अघिको खेलमा शुरुवाती अग्रता इन्टरले नै लिएको थियो । खेलको सातौं मिनेटमै निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
५०औं मिनेटमा युभेन्टसका लागि एलेक्स सान्द्रोको गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ५२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ ले अघि बढाएको थिए ।
तर ८०औं मिनेटमा इन्टरका हकान चलहानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित ९० मिनेटको समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
इन्टरको यो आठौँ उपाधि हो । पछिल्लो पटक उसले २०११ मा उपाधि जितेको थियो ।
Categorized in स्पाेर्ट्स