ललितपुर महानगरपालिका ३ मा श्रीगोपाल निर्वाचित
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७९ जेठ ३, मंगलबार

ललितपुर महानगरपालिका वडा नम्बर ३ मा नेकपा (एस) को पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेकपा (एस) का उम्मेदवार श्रीगोपाल महर्जन नै फेरी निर्वाचित भएका छन् ।
महर्जन एक हजार ५२५ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण महर्जन ८४२ मत प्राप्त गरे ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस वडामा नेकपा एमालेबाट श्रीगोपाल नै निर्वाचित भएका थिए ।
खुल्ला वडा सदस्यमा पनि नेकपा एसकै गणेश कुमार रजक र रुपेश थापा निर्वाचित भए । रजकले एक हजार २३९ र थापाले एक हजार २११ मत पाएका थिए ।
महिला वडा सदस्यमा पनि सदस्य नेकपा (एस) कै मिलन महर्जन एक हजार ५१० मतसहित विजयी हुँदा रञ्जु तोलाङ्गि एक हजार ४५४ मतसहित दलित महिला सदस्यमा निर्वाचित भइन् ।
Categorized in स्थानीय