भक्तपुर नगरपालिकामा पुनः प्रजापति
SamacharDesk | २०७९ जेठ ३, मंगलबार

भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी पुन निर्वाचित भएका छन् ।
मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नै निर्वाचित भएका छन् ।
नेमकिपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल पनि प्रतिस्पर्धा रहेकामा सबै पदमा नेमकिपा निर्वाचित भएका हुन् ।
मेयरमा निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् । त्यस्तै उपमेयरमा जोशीले २९ हजार ६९५ मत सहित विजयी भएका छन् ।
Categorized in स्थानीय