arin enterprises

शंखरापुरमा राप्रपाको जित

SamacharDesk – बिराज | २०७९ जेठ ३, मंगलबार

काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकामा नगर प्रमुख पदमा राप्रपा विजयी भएको छ ।

शंखरापुर नगर प्रमुखका लागि राप्रपाका उम्मेदवार रमेश नापित ४ हजार ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एस) का उम्मेदवार लक्ष्मी प्रसाद श्रेष्ठले भने ४ हजार २०२ मत पाए ।

शंखरापुर उपप्रमुख भने नेपाली काँग्रेसको पोल्टामा परेको छ ।

उपप्रमुख पदका लागि नेपाली काँग्रेसकी उम्मेदवार समिता श्रेष्ठ ६ हजार ३६२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । राप्रपाकी उम्मेदवार विजयकुमारी वाइवाले ३ हजार २९८ मत पाइन् ।

वडा नम्बर ६ काे मतपरिणाम घाेषणासँगै शंखरापुर नगर प्रमुख र उपप्रमुखकाे पनि टुङ्गाे लागेकाे हाे । शंखरापुर नगरकाे ९ वटा वडामध्ये अन्य वडामा मत परिणाम घाेषणा भइसकेपछि वडा ६ काे मात्र मतगणना भइरहेकाे थियाे ।

शंखरापुर वडा ६ काे वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकै राधाकृष्ण श्रेष्ठ एक हजार ९१ मत प्राप्त गर्दै विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मानकाजी मानन्धरले जम्मा २९२ मत प्राप्त गरे ।

स्थानीय निर्वाचन २०७४ मा नगर प्रमुख पदमा नेकपा (एमाले) का सुवर्ण श्रेष्ठ निर्वाचित भएका थिए भने राप्रपा तेश्रो भएको थियो । २०७४ सालको निर्वाचनमा राप्रपाबाट मिजेन्द्र काजी श्रेष्ठले नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।

Categorized in स्थानीय