arin enterprises

कामपा वडा ३२ मा एमालेको प्यानलै विजयी

SamacharDesk – बिराज | २०७९ जेठ ६, शुक्रबार

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा नेकपा –एमाले) को पुरै प्यानल नै विजयी भएको छ ।

वडाध्यक्ष पदमा एमालेका उम्मेदवार नवराज पराजुली ५२२५ मतसहित निर्वाचित भएका हुन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एस) की उम्मेदवार सीतादेवी कँडेल (पराजुली) भन्दा २१ सय बढि मत पाउँदै पराजुली निर्वाचित भएका हुन् । नेकपा (एस) की उम्मेदवार कँडेलले भने ३ हजार १०८ मत प्राप्त गरिन् ।

त्यस्तै खुल्ला वडा सदस्य पदमा नेकपा (एमाले) कै भगवान बुढाथोकी र हरि बहादुर बस्नेत विजयी भए । बुढाथोकीले ४ हजार ४७१ मत पाउँदा बस्नेत ४ हजार ३१८ मतसहित वडा सदस्यमा निर्वाचित भएका हुन् ।

महिला सदस्यमा ५ हजार ४८९ मतसहित हिरादेवी पोखरेल विजयी हुँदा दलित महिला सदस्यमा निर्वाचित हुने सीता बिसुङ्केले ५ हजार २३५ मत प्राप्त गरिन् ।

Categorized in स्थानीय