arin enterprises

मध्यपुर थिमि नगरपालिकाको ७ नं. वडामा पुनः कृष्णकुमार प्रजापति

SamacharDesk | २०७९ जेठ ६, शुक्रबार

स्थानीय तह निर्वाचनको मध्यपुर थिमि नगरपालिका अन्तर्गत ७ नं. वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णकुमार प्रजापतीले दोस्रो कार्यकालमा पनि जित हासिल गरेका छन् ।

उहाँले १२६६ मत प्राप्त गरी विजय हासिल गरेको हो भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश घजुले १२३४ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा नेकपा एमालेबाट भक्तराज खत्री र योगेन्द्रकुमार दुवालले विजय हासिल गरेका छन् । गठबन्धनको तर्पmबाट नेपाली कांग्रेसका महिला सदस्य र दलित महिला सदस्यमा क्रमशः सुजाता बाडे र शर्मिला विश्वकर्माले विजय हासिल गरेका छन् ।  

त्यसैगरी सदस्यमा एमालेका भक्तराज खत्रीले १०५० मत प्राप्त गरेका थिए भने उनका प्रत्याशी नेपाली कांग्रेसका रुपेश पौडेलले ९८९ मत प्राप्त गरेका थिए । एमालेकै योगेन्द्रकुमार दुवालले १०७८ मत प्राप्त गरेका थिए भने उनका प्रत्याशी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका चन्द्रकृष्ण बाडेले ८४४ मत प्राप्त गरेका थिए । 

महिला सदस्य र दलित महिला सदस्यमा नेपाली कांग्रेसका तर्फबाट क्रमशः सुजाता बाडेले ११६१ मत र शर्मिला विश्वकर्माले ११८१ मत प्राप्त गरेका थिए भने सोही पदमा नेकपा एमालेका तर्फबाट क्रमशः  धनकेशरी धुमनले १११० मत र चम्पा मिजारले ११०५ मत प्राप्त गरेका थिए ।

Categorized in स्थानीय