कामपा वडा ६ मा पनि काँग्रेस
SamacharDesk – बिराज | २०७९ जेठ ७, शनिबार

काठमाडौं महानगरपालिका भित्रका वडाहरुमा नेपाली काँग्रेसले एक पछि अर्को विजय प्राप्त गर्दै गएको छ । कामपा वडा नम्बर ६ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले जित हासिल गरेको छ ।
कामपा वडा ६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भुवन लामा विजयी भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्दी बसन्त लामालाई एक हजार १४४ मतले पछाडी पार्दै भुवन लामा निर्वाचित भएका हुन् । वडाध्यक्ष पदमा निर्वाचित भुवनले ३ हजार ८७६ मत प्राप्त गर्दा बसन्तले २ हजार ७३२ मत पाएका थिए ।
खुल्ला वडा सदस्यमा नरेन्द्र कुमार थापा र देव सुन्दर बज्राचार्य विजयी भएका छन् । थापा ३ हजार ७१४ मत पाई विजयी भए भने बज्राचार्य ३ हजार ४३३ मतसहित निर्वाचित भएका हुन् ।
गायत्री पुडासैनी ३ हजार ८५० मतसहित महिला सदस्य चुनिँदा लीला विशुङ्खे ३ हजार ७४५ मत ल्याउँदै दलित महिला सदस्य पदमा निर्वाचित भइन् ।
Categorized in स्थानीय