ललितपुर महानगरपालिका १९ मा राजेन्द्र महर्जन निर्वाचित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ७, शनिबार

ललितपुर महानगरपालिका वडा नं १९ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र महर्जन निर्वाचित भएका छन् । उक्त वडामा महर्जन सहित एमालेका एमालेको प्यानलै विजय भएको हो ।
एक हजार ६५ मतसहित महर्जन वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार विनोद ताम्रकारले सात सय ३८मत प्राप्त गरे ।
खुल्ला वडा सदस्यमा विरेन्द्र ताम्राकार र प्रविन श्रेष्ठ चुनिएका छन् । ताम्रकारले एक हजार ११५ मत पाउँदा श्रेष्ठले एक हजार ३६ मत पाए ।
एक हजार २४९ मतसहित निर्मला खड्गी महिला सदस्यमा चुनिँदा दलित महिला सदस्यमा एक हजार २४२ मतसहित अन्जनी नेपाली निर्वाचित भइन् ।
Categorized in स्थानीय