कामपा वडा ७ मा पनि काँग्रेस विजयी
SamacharDesk – बिराज | २०७९ जेठ ८, आइतबार

काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा पनि काँग्रेसले विजय झण्डा गाडेको छ । यस वडामा पनि नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।
वडाध्यक्ष पदमा विमल कुमार होडा निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार कृष्णमणि भट्टलाई ५१ मतान्तर हराउँदै होडा निर्वाचित भएका हुन् ।
होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार भट्टले दुई हजार ८१६ मत पाएका थिए ।
खुल्ला सदस्य पदमा उज्वल अर्याल र सुरेश शाही चुनिएका छन् । अर्यालले दुई हजार ६७३ मत पाउँदा दुई हजार ५६५ मत पाए ।
रुपा थापा दुई हजार ८६७ मत पाउँदै महिला सदस्य चुनिँदा दलित महिला सदस्यमा ३ हजार ३८८ मतसहित कल्पना सुन्दार निर्वाचित भएकी छन् ।
Categorized in स्थानीय