arin enterprises

केबुलकार चढ्दा माछापुच्छ्रेका ग्राहकलाई छुट

SamacharDesk | २०७९ जेठ ८, आइतबार

पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरि  व्यवसायिक सम्झौता गरेको छ ।

एक कार्यक्रमकाबीच अन्नपुर्ण केबुलकार प्रा.लि.को तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

पोखराको एक मात्र तथा पहिलो केबुलकार अन्नपुर्ण केबुलकार कम्पनीले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पु¥याउँदै आईरहेको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकट काट्दा १०% सम्म छुट पाउने छन् ।

उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्ककोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्ने जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघ संस्थान तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । यस प्रकारको सम्झौताले ग्राहकहरुलाई सुविधा लगायत व्यापार÷व्यवसाय तथा पर्यटन प्रर्वद्धनमा सघाउ पुर्याउँदै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Categorized in बिजनेस