ललितपुर महानगरपालिका १६ मा निर्मल रत्न शाक्य निर्वाचित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ८, आइतबार

ललितपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्मल रत्न शाक्यनै फेरी निर्वाचित भएका छन् ।
शाक्य दुई हजार ३७३ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार सुप्रभा शाक्यले एक हजार ६३८ मत प्राप्त गरे ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस वडामा निर्मल रत्न शाक्य नै निर्वाचित भएका थिए ।
खुल्ला वडा सदस्यमा पनि पञ्चबज्र बज्राचार्य र मदन महर्जन निर्वाचित भए । बज्राचार्यले दुई हजार ५६१ र महर्जनले दुई हजार २२ मत पाएका थिए ।
यस्तै महिला वडा सदस्यमा दुई हजार ६६ मतसहित बबिता श्रेष्ठ निर्वाचित भइन् ।
Categorized in स्थानीय