arin enterprises

तेलको भाउ बढ्यो, तरपनि आयल निगम घाटामै

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ जेठ ८, आइतबार

भाउ बढाएको करीब एक सातामै नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

आयल निगमले आज आइतबार राति १२ बजेबाट लागू हुने गरी सबै प्रकारका इन्धनको भाउ बढाएको हो ।

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ बढाएको छ । मूल्यवृद्धि पछि पेट्रोलको भाउ प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुगेको छ ।

हवाइ इन्धन (आन्तरिक) को भाउ प्रति लिटर १६६ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्याँसमा एकैपल्ट दुई सय रुपैयाँ बढाइएको छ । ग्याँसको मूल्य एक हजार ८ सय रुपैयाँ पुगेको छ ।

मूल्य वृद्धि पछि निगम अझै ७ अर्ब बढि घाटामा रहेको जनाएको छ । निगमले एलपी ग्याँसमा ३ अर्ब, डिजेलमा ३ अर्ब ४० करोड र पेट्रोलमा एक अर्ब घाटा रहेको दावी गरेको छ । 

आयल निगमले यस अघि गत वैसाख ३१ मा मात्रै पेट्रोल, डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ बढाएको थियो ।

Categorized in बिजनेस