लमपा २६ मा माओवादी केन्द्र विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १०, मंगलबार

ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २६ मा नेपाली कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) का प्यानलै विजयी भएको छ । वडाध्यक्ष पदमा सुरेश महर्जन निर्वाचित भएका छन् ।
महर्जनले ७०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार जितमेल महर्जनले ३९९ मत प्राप्त गरे ।
खुल्ला सदस्य पदमा विजय भएका सुरेश महर्जनले ४९३ मत प्राप्त गर्दा रगुन महर्जनले ४८२ मत प्राप्त गरेका छन् ।
सरस्वती महर्जन ५७१ मत पाउँदै महिला सदस्य चुनिए ।
Categorized in स्थानीय