arin enterprises

लमपा २७मा पनि माओवादी केन्द्र विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १०, मंगलबार

ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २७मा पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्यानल विजयी भएको छ ।

७५१ मत सहित कृष्णहरि महर्जन वडा २७ का वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी  नेकपा (एमाले) का उम्मदेवार बद्री बहादुर महर्जनले ५१३ मत पाए ।

वडा सदस्यमा निर्वाचित भएका निरोज महर्जनले ७३९ मत पाउँदा र श्यामकृष्ण महर्जनले ६३४ मत पाए ।

महिला सदस्यमा निर्वाचित राम देवी महर्जनले  ९४९ मत पाइन् । 

Categorized in स्थानीय