वडा २० मा पनि काँग्रेसले गाड्यो झण्डा
SamacharDesk – बिराज | २०७९ जेठ ११, बुधबार

काठमाडौं महानगरपालिका वडा नम्बर २० पनि काँग्रेसले नै विजय झण्डा गाडेको छ । यस वडामा पनि काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।
वडाध्यक्ष पदमा काँग्रेसका उम्मेदवार राजेन्द्र मानन्धर निर्वाचित भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार हितकर विर सिंह ताम्राकारलाई ८१० मतान्तरले पछाडी पार्दै मानन्धर निर्वाचित भए । मानन्धरले एक हजार ४७५ मत पाए भने ताम्राकारले ६६५ मत मात्र प्राप्त गरे ।
वडा सदस्यद्वयमा अनेश चित्रकार र रशेल श्रेष्ठ निर्वाचित भए । चित्रकारले एक हजार ४३४ मत पाउँदा श्रेष्ठले एक हजार २३६ मत पाए ।
एक हजार २८४ मतसहित शोभा देवी मानन्धर महिला सदस्यमा निर्वाचित भए भने एक हजार २८१ मतसहित उर्मिला शाही (नेपाली) दलित महिला सदस्य चुनिएकी छन् ।
Categorized in स्थानीय