कामपामा एसको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १२, बिहिबार

काठमाडौ महानगरपालिका (कामपा) मा नेपाल (एकिकृत समाजबादी) ले पहिलो विजय झण्डा गाडेको छ ।
कामपा वडा नम्बर १५ को वडाध्यक्षका उम्मेदवार ईश्वरमान डंगोलसहित नेकपा (एस) को पुरै प्यानल जितेको छ ।
तीन हजार ४७४ मत पाउँदै वडाध्यक्ष पदमा ईश्वरमान विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार ५७५ मत प्राप्त गरे । वडा सदस्यद्वयमा अप्सरा खत्री र विजु श्रेष्ठ निर्वाचित भएका छन् ।
खत्रीले दुई हजार ४३ मत प्राप्त गर्दा श्रेष्ठले एक हजार ९६८ मत पाउँदै निर्वाचित भएका हुन् ।
महिला सदस्यमा दुई हजार ८२६ मत पाउँदै मैयालक्ष्मी महर्जन निर्वाचित भइन् ।
रिता मिजार दुई हजार ५३४ मतसहित दलित महिला सदस्यमा निर्वाचित भएकी छन् ।
Categorized in स्थानीय