एन्सेलोटी बने ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १५, आइतबार

स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
गएराति उनको प्रशिक्षणमा रियलले २०२१/२२ को च्याम्पियन्स लिगको उपाधि जितेसँगै ४ पटक उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।
यस अघि एन्सेलोटीले मिलानलाई एन्सेलोटीले सन् २००२/३ र २००६/७ को सिजन उपाधि दिलाएका थिए । यस्तै २०१३/१४ को सिजन रियललाई एन्सेलोटीले उपाधि दिलाएका थिए ।
साथै उनी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत हुन् ।
यस सिजन रियललाई स्पेनिस ला लिगाको उपाधि दिलाएसँगै एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक समेत बनेका थिए ।
Categorized in स्पाेर्ट्स