arin enterprises

नवनिर्वाचित मेयर तथा उपमेयरले आज शपथ लिने

SamacharDesk | २०७९ जेठ १६, सोमबार

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोलले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ ।

राष्ट्रिय सभागृहमा विहान ११ बजे आयोजित समारोहमा मूख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु हुनेछ ।

त्यसपछि मेयर शाहले उपमेयर सुनिता डंगोल सहितका अन्य जनप्रतिनिधिहरुलाई सपथ गराउनु हुने छ । सपथ लगत्तै मेयर शाह र उपमेयर डंगोलले महानगरपालिकामा गएर पद वहाली गर्नु हुने छ भने अन्य पदाधिकारीहले पनि आजै पद वहाली गर्नुहुने छ ।

पद वहालीपछि पहिलो बोर्ड बैठक राखेर मेयर शाहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

Categorized in स्थानीय