arin enterprises

अर्जेन्टिनाले जित्यो फाइनलसिमा–२०२२ को उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १९, बिहिबार

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ ।

बुधबार राति युरोकप च्याम्पियन इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । डी मारियाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।

यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ’फाइनलसिमा’ च्याम्पियन बनेको छ । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ ।

यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भईसकेको छ ।

Categorized in स्पाेर्ट्स