एनसेलको मनसुन प्याकहरु सुचारु
SamacharDesk – राम डंगोल | २०७९ जेठ १९, बिहिबार

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेटप्याकबाट फाइदा लिन सक्छन् ।
यी प्याकहरु बिहिबार जेठ १९ बाट संचालनमा रहने छन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एकदिन समयावधि भएका तीन डेटाप्याकहरु रहेका छन् ।
आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डेटाप्याक सुचारु गर्न सक्नेछन् । यो सेवाका लागि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्ने छन् ।
डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एकदिन समय सिमा रहेका तीन प्याकहरु पनि ल्याएकोछ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन्।
एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन् ।
उनीहरुले कर सहित रु १२ मा ३० मिनेट टकटाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरु एष्ट्रिक्स १७१११८ ह्यास डायल गरि सहजै लिन सकिन्छ ।
यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अलनेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमईपेबाट पनि सुचारु गर्न सक्नेछन्।
सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याक ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।
Categorized in बिजनेस