arin enterprises

भारत उत्तराखण्डमा बस दुर्घटना २४ को मृत्यु

SamacharDesk | २०७९ जेठ २३, सोमबार

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा आइतबार साँझ एउटा तीर्थयात्री भएको बस दुर्घटना भएको छ । 

जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए ।

बस ४ सय फिट गहिरो खाडलमा खसेको थियो । हरिद्वारबाट आउँदै गरेको बस गहिरो खोंचमा फसेकाले उद्धारमा समेत समस्या आएको छ । घाइतेहरुलाई उपचारका लागि देहरादून पठाइएको छ ।

उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेको छ । उत्तराखण्डका मुख्यमन्त्रीले पनि दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ५ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

Categorized in अन्तर्राष्ट्रिय