arin enterprises

नेसन्स लिगमा स्पेनको पहिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २७, शुक्रबार

यूईएफए नेसन्स लिगमा स्पेनले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्वीजरल्याण्डलाई १–० गोलले हराएको हो ।

स्पेनको जितमा पाब्लो सराबियाले निर्णायक गोल गरे । उनले खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा गोल गरे । १–० को अग्रता जोगाउँदै स्पेनले महत्वपूर्ण ३ अंक जोडेको हो ।

यो जितसँगै लिग ए समूह २ मा स्पेनले अपराजित रहँदै ३ खेलबाट ५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको स्पेनले १ जित र २ बराबरी नतिजा निकालेको छ ।

यस्तै ७ अंक सहित पोर्चुगल समूहको शीर्ष स्थानका छ । यस्तै, समान खेलबाट चार अंक जोडेको चेक तालिकाको तेस्रो स्थानमा छ ।

अंकविहिन स्वीटजरल्याण्ड पुछारमा छ ।

Categorized in स्पाेर्ट्स