स्वजरल्याण्डसँग पोर्चुगल पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ३०, सोमबार

यूईएफए नेसन्स लिगमा स्विजरल्याण्डले पोर्चुगललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा स्विजरल्याण्डले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो ।
क्रस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगललाइृ हराउन स्विजरल्याण्डका हरिस सेफेरोभिकले निर्णायक गोल गरे । उनले खेलको पहिलो मिनेटमै गोल गरेका थिए ।
यो हारसँगै लिग ए समूह २ को पोर्चुगलले ४ खेलमा ७ अंक जोड्डै तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस्तै स्विजरल्याण्ड ४ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ ।
Categorized in स्पाेर्ट्स