arin enterprises

मणिपुरको पहिरोमा परी १८ जनाको मृत्यु

SamacharDesk | २०७९ आषाढ १८, शनिबार

भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ । मर्नेहरुमा धेरै आर्मीहरु रहेका छन् ।

उनीहरु जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माणमा खटिएका आर्मी रहेको बीबीसीले जनाएको छ । घटनामा ५० जना भन्दा बढी हराइरहेका छन् ।

घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको छ, घाइतेहरुमा पाँच जना रेल्वे कर्मचारीहरु पनि रहेको बीबीसीले जनाएको छ । उक्त रेलमार्ग निर्माण भइरहेको बेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरुले बताएका छन् ।

निरन्तरको वर्षाले उद्धारमा कठिनाइ भएको मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले बताए । त्यहाँ आगामी २४ घण्टा भारी वर्षा हुने अनुमान गरिएको छ ।

समाचारका अनुसार रेलमार्ग निर्माणका क्रममा सुरक्षाका लागि ठूलो संख्यामा प्रादेशिक सेनाका जवान तैनाथ गरिएको थियो ।

मृत्यु हुनेहरुमा केही मजदुर र सेनाका जवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय