arin enterprises

जर्मन कप आरबी लाइपजिगले जित्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २१, आइतबार

आरबी लाइपजिगले जर्मन कप (डिएफबी पोकल)को उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा फ्रान्कफुर्टलाई २–० गोलले हराउँदै लाइपजिग च्याम्पियन बनेको हो ।

लाइपजिगको जितमा क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्ज्लाईले एक एक गोल गरे ।

ओलम्पियास्ट्याडियन बर्लिनमा भएको खेलको ७१ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए ।

८५ औं मिनेटमा डोमिनिकले गोल गर्दै क्रिस्टोफरलाई २–० को जित दिलाए ।

योसँगै लाइपजिगले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो ।

Categorized in स्पाेर्ट्स