पोस्टेकोग्लु टोटेनहमको प्रशिक्षक बन्न सहमत
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २३, मंगलबार

एन्ज पोस्टेकोग्लु इंग्लिस क्लब टोटेनहमको प्रशिक्षक बन्न सहमत भएका छन् ।
स्कटिस क्लब सेल्टिकलका प्रशिक्षक पोस्टेकोग्लुले टोटनहमसँग दुई वर्षको सम्झौता गर्न लागेका हुन् ।
५७ वर्षीय अष्ट्रेलियालन नागरिक पोस्टेकोग्लुले भर्खरै सेल्टिकमा आफ्नो दोस्रो सिजन समाप्त गरेका थिए । उनको प्रशिक्षकमा स्कटिस क्लब सेल्टिकले यो सिजन उपाधि जितेको थियो ।
मार्चमा एन्टोनियो कोन्टेको प्रस्थान पछि क्रिस्टियन स्टेलिनी र त्यसपछि रायन मेसनले अन्तरिम कार्यभार लिएपछि टोटेनहमले नयाँ प्रशिक्षक खोजी गरेको थियो ।
उनले मेलबर्न र ब्रिस्बेनको प्रशिक्षकको रुपमा अष्ट्रेलियामा उपाधि जितेका थिए ।
Categorized in स्पाेर्ट्स