arin enterprises

दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु

SamacharDesk | २०८० जेठ २५, बिहिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो ।

देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई खोप दिन थालिएको सरकारको भनाइ छ ।

यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको संक्रमण देखिएको थियो । दादुरा रुवेलारोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा संक्रमितले १८ जनासम्मलाई रोग सार्न सक्छ ।

के हो दादुरा ?

दादुरा अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग ह। यो साना बालबालिकामा हुने मृत्यु र विकलाङ्गताको समेत प्रमुख कारक हो। चिकित्सकका अनुसार कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ। रुबेला पनि भाइरस (रुवेला भाइरस)कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो।

यो रोग सामन्यतया ५ वर्ष मुनिका बालबालिकाहरुलाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ। दादुरा संक्रमण भएमा यसका जटिलताहरु जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ।

यी रोगहरू सामन्यतः पाँच वर्षमुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ। दादुरा भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नलिई एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ ।

दादुराको संक्रमण खोक्दा वा हाच्छ्यू गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स(साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् ।

दादुराको सामान्य लक्षण हो(तीव्र ज्वरो आउनु।ज्वरोको सुरुवातमा दादुरा भएकाहरूको सम्पर्कमा आएको १०(१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहने हुन्छ।

दादुरा संक्रमित व्यक्तिलाई डावर र बिमिरा देखा पर्नेभन्दा ४ दिन अगाडिदेखि र डाबर देखा परेको ४ दिन पछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ।

दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा(खोकी लाग्ने गर्छ। आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ।केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ।

बिमिरा तीन दिनपछि फैलिन्छ र हात(खुट्टामा समेत देखिन थाल्छ र ५(६ दिनपछि आफैँ फोस्रिँदै जान्छ । दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभएको खण्डमा रोगीको मृत्युसमेत हुन सक्छ।

चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन। दादुरा रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगि लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ ।

तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण उपचार गर्नुपर्छ।

राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल ओरल रिहाइड्रेसन साल्टका माध्यमले उपचार गरिन्छ।

दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लिनु नै हो। त्यसैले यो रोगबाट बचाउन नियमित खोपमार्फत बालबालिकाहरुलाई ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ।

Categorized in राष्ट्रिय
SKIP THIS tihar2082