arin enterprises

अब ह्वाट्सएपबाट एचडी क्वालिटीमै फोटो पाउन सकिने

SamacharDesk | २०८० जेठ २६, शुक्रबार

अब ह्वाट्सएपबाट एचडी क्वालिटीमा फोटो पाउन सकिने भएको छ ।

कम्पनीले एक ब्लग लेख्दै एचडी फोटो पाउन सकिनेगरी ‘एचडी फोटोज’ फिचर सार्वजनिक गरेको हो ।

यस फिचर मार्फत प्रयोगकर्ताको डिभाइसले खिचेको फोटोको गुणस्तर कत्ति पनि नघट्ने भएको छ ।

हाल यो अपडेट केही सीमित प्रयोगकर्तामाझ मात्र उपलब्ध हुनेछ भने आगामी सातादेखि सम्पूर्ण प्रयोगकर्ताले प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ ।

यो फिचर ह्वाट्सएपको बेटा भर्सन आईओएस २३.११.०.७६ र एन्ड्रोइड २.२३.१२.१३ भर्सन अपडेट गरी प्रयोग गर्न सकिनेछ ।

ह्वाट्सएपको यो फिचर प्रयोग गर्न आफूले पठाउन चाहेको फोटो छानिसकेपछि माथि बायाँपट्टि ‘एचडी’को आइकन देखिन्छ । सो आइकनमा ट्याप गर्दा पपअप पेज खुल्छ जसमा एउटा साधारण क्वालिटी र अर्को एचडी क्वालिटीको विकल्प रहेको हुन्छ । त्यसपछि एचडीको विकल्प छानेर ‘डन’ अप्सनमा ट्याप गरेको अवस्थामा एचडी फोटो पठाउन सकिन्छ ।

आफूले एचडी क्वालिटीमा फोटो पठाइएको छ भने फोटोको अन्तिमतिर एचडीको आइकन देखिन्छ ।

Categorized in विज्ञान-प्रविधी