अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा ११ को मृत्यु
SamacharDesk | २०८० जेठ २६, शुक्रबार

अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
प्रान्तीय राजधानी फैजाबादमा बिहीबार भएको यो घटनामा ५० जना घाइते भएका छन् ।
गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका डेपुटी गभर्नर निसार अहमद अहमदीको अन्तिम संस्कारका लागि प्रार्थना चलिहरको बेला विष्फोट भएको थियो ।
उक्त विस्फोटमा सो प्रान्तका पूर्व प्रहरी प्रमुख समेत मारिएका छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।
तर, अफगानिस्तानमा सक्रिय आइएस समूहले विष्फोट गराएको आशंका तालिवान सरकारले गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय