arin enterprises

बिङमा पनि एआई भ्वाइस च्याट फिचर

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २८, आइतबार

माइक्रोसफ्टले बिङ च्याटबटमा एआई भ्वाइस च्याट फिचर थप गरेको छ । ओपनएआईको च्याटबटमा भने पहिले नै उपलब्ध भइसकेको यो फिचर अब माइक्रोसफ्टले बिङमा पनि उपलब्ध गराएको हो ।

यो फिचर मार्फत बिङ प्रयोगकर्ताले आफ्नो जिज्ञासाहरू आवाज मार्फत राख्न सक्नेछन् ।बिङले प्रयोगकर्ताले सोधेको कुराको जवाफ दिनेछ ।

यो फिचर ओपनएआईको जीपीटी–फोर प्रविधिमा आधारित छ ।

यसलाई प्रयोग गर्न प्रयोगकर्ताले बिङको च्याटबक्समा भएको माइकको आईकनमा क्लिक गर्नुपर्ने हुन्छ । यसरी माइकमा क्लिक गरेर आफ्नो कुरा राखेर सेन्ड गरेपछि बिङले उक्त कुराको जवाफ दिनेछ ।

हालको लागि यो फिचर डेस्कटपवाट मात्रै प्रयोग गर्न सकिनेछ । यस फिचरमा अंग्रेजीसँगै जापानी, फ्रेन्च, जर्मन र म्याडरिन भाषा सपोर्ट गर्ने र आउने दिनहरुमा अन्य भाषाहरू पनि थप गर्दै जाने कम्पनीले जनाएको छ ।

Categorized in बिजनेस