arin enterprises

क्रोममा गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने

SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ २८, आइतबार

गुगल क्रोममा गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने भएको छ । गुगलले क्रोमको नयाँ अपडेटसहित गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने व्यवस्था गरेको हो ।

अब क्रोमको मेन्युमा नै पासवर्ड म्यानेजरका लागि छुट्टै अप्सन देख्न सकिन्छ ।

यसअघि क्रोममा गुगल पासवर्ड म्यानेजर भेटाउन हत्तपत्त सकिदैँन थियो । अहिले यो समस्यालाई समाधान गर्न अहिले गुगलले पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस दिन लागेको हो ।

यो फिचर क्रोमको मेन्युमा क्लिक गरि ‘म्यानेज पासवर्ड’ अप्सनमा क्लिक गरी अथवा क्रोमको एड्रेसबारमा chrome//password–manager//passwords टाइप गरेर प्रयोग गर्न सकिनेछ ।

यसका साथै अन्य गुगल वेब एप जस्तै पासवर्ड म्यानेजरलाई पनि डेस्कटपमा पिन गरेर राख्न सकिनेछ ।

यो फिचर डेस्कटपसँगै एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले यसमा नयाँ फिचरहरू पनि थप गरेको छ ।

अब प्रयोगकर्ताले गुगल पासवर्ड म्यानेजर फिङ्गरप्रिन्ट वा फेसियल भेरिफिसेकसनबाट पनि प्रयोग गर्न सकिने भएको छ । पहिले मोबाइलमा मात्र उपलब्ध यो फिचर अब डेस्कटपमा पनि उपलब्ध हुने भएको छ ।

Categorized in विज्ञान-प्रविधी